काठमाडौं, मंसिर ९ । कोरोनाभाइरस महामारी र ‘लकडाउन’का कारण गत वैशाखमा रोकिएको कक्षा–१२ को परीक्षा मंगलबारबाट सुरु भएको छ । परीक्षामा देशभरका चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।
काठमाडौं, मंसिर ८ । त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण गत चैत–वैशाख महिनामा रोकिएका परीक्षा सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । परीक्षा सञ्चालनसँगै छ महिनापछि नयाँ वर्षबाट नयाँ शैक्षिकसत्र सुरु
सोलुखुम्बु, कात्तिक २७ । कोरोना महामारीले मुलुकभरका विद्यालयको पठनपाठन अस्तव्यस्त भएका बेला सोलुखुम्बुमा भने नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । शैक्षिक क्रियाकलापलाई सक्रिय राख्न सोलुदूधकुण्ड नगरपालिका–२, बेनीमा ‘पाठशाला’ कार्यक्रम सुरु
काभ्रे, कात्तिक २७ । काठमाडौं विश्वविद्यालय (केयु) र अनशनरत विद्यार्थीबीच सहमती भएको छ । विश्वविद्यालयले पढाई नै नभएको विषय र अन्य क्रियाकलापको शुल्क लिन ताकेता गरेपछि कात्तिक २३ गतेदेखि स्कुल
काठमाडौं, कात्तिक २४ । करिब आठ महिनादेखि बन्द रहेको विद्यालय खोल्ने तयारीमा शिक्षा मन्त्रालय जुटेको छ । वैकल्पिक विधिबाट शैक्षिकसत्रलाई निरन्तरता दिएको सरकारले वैकल्पिक प्रणलीबाट कति विद्यार्थीले अध्ययन गरिरहेका छन्,
काठमाडौं, कात्तिक २० । कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पहिलोपटक कृषि तथा वनविज्ञानका विद्यार्थीहरुका लागि नोबल पुरस्कार भनेर चिनिने अन्तर्राष्ट्रिय व्यापार उद्यमशीलता चुनौती ‘हल्ट प्राइज’ २०२०/२१ आयोजना हुने भएको छ ।
काठमाडौं, कात्तिक १९ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने
अष्ट्रेलिया(जिएनएनए) यतिखेर अस्ट्रेलियाका बिभिन्न जेलमा दुइ दर्जन भन्दा नेपालीहरु बिभिन्न बहानामा थुनिएको पाइएको छ । केही पुर्पक्षका लागि त कोइ दोषी प्रमाणित भएका कारण जेल सजाय भोगिरहेको बिभिन्न घटनाक्रमले देखाएको
वीरगन्ज, कात्तिक १३ । वीरगन्जका निजी विद्यालयहरु बिहीबारदेखि खुलेका छन् । ८ देखि १० कक्षासम्मको अध्ययन-अध्यापन आजदेखि सुरु गरिएको हो । मास्क लगाएर विद्यालय आएका सबै विद्यार्थीहरुलाई मूलगेटमै स्यानिटाइज गरेर
काठमाडौं, कात्तिक १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत् नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ