अध्यक्ष नेपालले राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आआफ्नो ठाउँमा खट्न र सहयोग पु¥याउन पनि आग्रह गर्नुभएको छ ।
प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको छ । १ सय १० सदस्य रहेको बागमती प्रदेशमा ५६ सांसद्सहित एमाले स्पष्ट बहुमतमा छ ।
नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादीलाई तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि र राष्ट्रिय सभाका गरी ३१ जना सांसदको साथ रहेको छ
एकपक्षीय बैठक बसेर कारबाही गर्ने अधिकार नभएको पत्रमा लेखिएको छ । कारबाही प्रक्रिया अवैधानिक भएको भन्दै नेपाल समूह संसद् सचिवालय गएको हो ।
यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने नेपाल पक्षका नेताहरुले बताएका थिए । नेपाल समूहले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यको हस्ताक्षर संकलन थालेको छ ।
एमालेलाई विभाजनको दिशामा लैजाने काम केपी ओलीले गरिरहेको भन्दै नेता नेपालले ओली अहंकारको घोडामा सवार भएको टिप्पणी गर्नुभयो ।
नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको भन्दै ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको आरोप लगाउनुभयो । उहाँले आफूहरू लुरुक्क परेर जाने स्थिति नभएको स्पष्ट पार्नुभयो ।
बरु नेताहरू एकअर्को गुटगत भेलाबाटै आरोप–प्रत्यारोपमा समय खर्चिँदै आएका छन् । एकले अर्को पक्षलाई विश्वास गरिहाल्ने अवस्था अझै बनिसकेको छैन ।
केपी ओलीले अध्यक्ष छोड्नुपर्ने र संसद् विघटन गरेकोमा माफी माग्नुपर्छ भन्ने नेपाल पक्षको शर्त नेता बडालले निरीह र बेइमानीको संज्ञा दिनुभयो ।
ओली र नेपाल पक्षबीच वार की पारको लडाइँले विश्राम लिने कुनै आश्रयस्थल भेट्टाउन मुस्किल भएसँगै पार्टी विभाजन नजिक पुगेको हो की भन्ने अड्कलबाजी गर्न थालिएको छ ।