पार्टीमा भूमिकाको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘भर्खर त महाधिवेशन सकियो, सोचौंला नि भोलिदेखि ।’
दशौं राष्ट्रिय महाधिवेशनको समापनमा सम्बोधन गर्दै उहाँले महाधिवेशन सम्पन्न गर्न सरकारले सुरक्षा व्यवस्था मिलाइदिएको धन्यवाद दिनुभएको हो ।
अध्यक्ष ओलीले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्नुभएको छ ।
पार्टीलाई कामकाजी बनाउनेगरि केन्द्रीय कमिटीको बैठक बस्ने उहाँले बताउनुभयो । दशौं केन्द्रीय कमिटीको पहिलो बैठक सौराहमै बस्नेछ ।
चितवनमा भएको १०औं महाधिवेशनमा एमाले कार्यकर्ताले आफूसँगै काम गरेका पुराना नेता भन्दा पूर्व माओवादीका नेतालाई पत्याएर पदाधिकारीका विभिन्न पदमा निर्वाचित गरेका छन् ।
एमालेले मंगलबार निर्वाचनपछि अध्यक्ष लगायतका १९ पदाधिकारीको चयन गरेको छ । यद्यपि ५ सदस्य भने सर्वसम्मत भएका थिए ।
६ पदका लागि सात जनाले प्रतिस्पर्धा गरेकोमा सबैभन्दा कम ७ सय २५ मत आएसँगै उहाँ पराजित हुनुभएको हो ।
निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको निर्वाचन आयोगले जनाएको छ ।
३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन् भने केही केन्द्रीय सदस्यहरुका लागि मतदान भएको छ ।
अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनुभयो ।