काठमाडौं, मंसिर ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको बताइएको छ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योगगुरु रामदेव र आचार्य बालकृष्ण ‘थ्री इन वान’ भएको बताउनुभएको छ ।
उहाँको स्वास्थ्यमा सुधार आए पनि आज एक दिन अस्पतालमै राखिने अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले प्रतिक्रियावादीहरू माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको बताउनुभयो ।
उहाँले माओवादीबाट टुक्रिएर गएका अन्य नेतासँग संवाद भइरहेको बताउँदै मोहन वैद्य, डा.बाबुराम भट्टराईलगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाललाई कुरु क्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गर्नुभयो ।
उहाँले पार्टीमा जतिसुकै ठूलो पद भए पनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा कदम चाल्ने प्रष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले समाजवादी क्रान्तिको रणनीति लागू गर्न आफू लागिपरेका पनि बताउनुभयो ।
अर्काविरुद्ध व्यक्तिगत लाञ्छाना नलगाएसम्म राजनीतिक भविष्य नै सुरक्षित नहुने खालको भ्रमबाट मुक्त नभएसम्म जनताको हृदयबाट एक सच्चा नेताको सम्मान पाउन गाह्रो हुन्छ भन्ने कुरा नेताहरूले बुझ्ने कहिले ?
अध्यक्ष दाहालले फेरि विघटनवादका विरुद्ध लड्न तयार रहेको बताउँदै नयाँ जनयुद्धका लागि हतियार बोकेर नभइ जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताउनुभयो ।