Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


बागी फकाउँदै कांग्रेस, परिणाम सकारात्मक आउनेमा शंका !

गठबन्धनका शीर्ष ५ नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वतन्त्र उम्मेदवारी जुन दलका कार्यकर्ताले दिएका छन्, सम्बन्धित दलले नै पहल गरेर फिर्ता लिने र स्वतन्त्र रूपमा परेका उम्मेदवारीसमेत फिर्ता गर्ने उल्लेख छ ।

कांग्रेसले महाकुलुङ गाउँपालिकाकाे अध्यक्षमा सुर्य राईलाई उम्मेदवार बनायाे

काठमाडाैं । नेपाली कांग्रेस सोलुखुम्बुले महाकुलुङ गाउँपालिकाकाे अध्यक्षमा सुर्य बहादुर कुलुङ राई र उपाध्यक्षमा विपना कुलुङ राईलाई उम्मेदवार बनाएकाे छ । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य सुर्य बहादुर कुलुङ राई

रसुवामा एक जना उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी

सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी दिनुभएको हो । उहाँले उम्मेदवारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारी पत्र पेश नगरेको भन्दै उजुरी दिनुभएको अधिकारीले बताउनुभयो ।

जनकपुरको मेयरका लागि नौ जनाको उम्मेदवारी दर्ता

जनकपुरधाम उपमहानगरको नेतृत्वका लागि उम्मेदवारी दिनुभएकाहरूले भ्रष्टाचार शून्यमा झार्नेदेखि जनकपुरधामलाई पोखरा काठमाडौं जस्तै विकसित बनाई दिने र सय दिनभित्र विकासशील नयाँ जनकपुरधाम दिने लगायतका प्रतिबद्धता जनाउनुभएको छ।

पोखराको मेयरमा गठबन्धनबाटै दोस्रो बागी

गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरू दलको चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताउनुभयो ।

नुवाकोट सदरमुकाम विदुरमा राजन र सञ्जुबीच प्रतिस्पर्धा

नगरपालिकाको उपमेयरमा एमालेको तर्फबाट अम्बिका पौडेल नेपाललाई उठाउँदा गठबन्धनले नेकपा (माओवादी केन्द्र)को तर्फबाट स्वर्गीय पोस्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीलाई उठाउने निर्णय गरेको छ ।

प्रवेश गरेको एक सातामै धनुषाका साहद्वारा एमाले परित्याग

एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि जानकीराम साहले सोमबार एमाले परित्याग गर्नुभएको हो । उहाँ स्वतन्त्र वा तमलोपाबाट उम्मेदवारी दिने तयारीमा छन् ।

महानगरको उम्मेदवार छान्न कांग्रेसलाई सकस, बालुवाटारमा घनिभूत छलफल

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग–अलग छलफल गरिरहनुभएको छ । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।

माओवादी र एकीकृत समाजवादीको महानगर र उपमहानगरका उम्मेदवार टुंगियो

धनगढी उपमहानगरको उपमेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा भने अइन्द्रविक्रम मेघा उम्मेद्वार बनाएको छ । तर, धरानको उपमेयरको औपचारिक निर्णय हुन बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।

बैशाख ११ र १२ गते स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न आयोगको अपिल

आयोगले निर्वाचनमा योग्यता पुगेका सबै मतदाताहरूलाई रुचाएको पदमा उम्मेदवारी दिनसक्ने वातावरण बनाइदिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्रलगायत