नुवाकोट सदरमुकाम विदुरमा राजन र सञ्जुबीच प्रतिस्पर्धा « Imagekhabar – Online News Portal of Nepal


नुवाकोट सदरमुकाम विदुरमा राजन र सञ्जुबीच प्रतिस्पर्धा


13
Shares

काठमाडौं । नुवाकोटको सदरमुकामसमेत रहेको विदुर नगरपालिकामा मुख्य राजनीतिक दलले उम्मेदवार टुंग्याएका छन् ।

जिल्लामा मुख्यतः गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेको तर्फबाट सञ्जु पण्डितलाई मेयरको उम्मेदवार बन्दा गठबन्धनले नेपाली कांग्रेसको तर्फबाट राजन श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

पण्डित नगरपालिकाका निवर्तमान मेयर पनि हुनुहुन्छ भने श्रेष्ठ नुवाकाेट उद्याेग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।

नगरपालिकाको उपमेयरमा एमालेको तर्फबाट अम्बिका पौडेल नेपाललाई उठाउँदा गठबन्धनले नेकपा (माओवादी केन्द्र)को तर्फबाट स्वर्गीय पोस्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीलाई उठाउने निर्णय गरेको छ ।

यस्तै, विदुर र तादी गाउँपालिका बाहेकका पालिकाहरूमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेका छन् । यी सबै स्थानमा कांग्रेसले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।