तामाङ र श्रेष्ठले केही समय अघि काठमाडौं जिल्ला अदालतको जेल चलानको फैसलाविरुद्ध पुनरावेदन दिएका थिए । पीडितहरूले तामाङले आफूहरूको निक्षेप फिर्ता नगरेकाले समस्या भएको गुनासो गरेका छन् ।
सरकारले स्वीकृति दिएर खोलेको संस्थाबाट ठगी हुँदा प्रशासनले अफूहरूको रकम फिर्ताका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ ।
भविष्य सुरक्षित बनाउन सहकारीमा पैसा राखेकाहरूको भोक र निद्रा खोसिएको छ । निक्षेपकर्तालाई न्याय दिन सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक छ ।
काठमाडौं । पूर्व सभासद एवं सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय वटा जाहेरी दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा हिजो साँझसम्म आठ सय ८३