सहभागी « Image Khabar


प्रदेश १ को कांग्रेस अधिवेशनमा १७ सय प्रतिनिधि उपस्थिति, सिटौलाले उद्घाटन गर्ने

१६ गते हुने अधिवेशनको उद्घाटन संयोजक सिटौलाले गर्ने निर्णय पनि बैठकले गरेको आयोजक प्रचार समितिले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रदेश २ सरकारमा माओवादीको इन्ट्री, सपथपछि मन्त्री र राज्यमन्त्रीको पदभार ग्रहण

मन्त्री साहले कसैको राष्ट्रको नाममा शपथग्रहण गर्दा राज्यमन्त्री कर्ण सहिदको नाममा शपथ लिनुभएको थियो । उहाँहरूले मातृभाषामा शपथ गर्न इच्छा देखाए पनि कानुनी जटिलताका कारण नेपाली भाषामै शपथ लिनुभएको थियो

राखेपका उपाध्यक्ष शिव कोइराला ओलम्पिकमा सहभागी नहुने

उपाध्यक्ष कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणले आफू ओलम्पिकमा नजाने जानकारी दिनुभयो । नेपाल ओलम्पिक कमिटीले उपाध्यक्ष कोइरालालाई टोकियो ओलम्पिक जाने पदाधिकारीको सूचीमा राखेको थियो ।

नेपाली टीमले एभिसी भलिबल नखेल्ने, अब आठ देश मात्र सहभागी

समूह ‘ए’ मा आयोजक फिलिपिन्स, कजकास्तान र चाइनिज ताइपेइ छन् । समूह ‘बी’ मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।

ओली र जसपा नेताबीच बालुवाटारमा चार घण्टा छलफल, सरकारमा तत्काल सहभागी नहुने

प्रधानमन्त्रीले सरकारमा आएर सँगै काम गर्न आग्रह गर्नुभएको र आफूहरूले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको कर्णले बताउनुभयो ।