Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


चितवनमा ८२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

चितवन, कात्तिक १६ । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट झापामा आज थप तीनको मृत्यु

झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक एकजना पुरुष रहेका छन् ।

कोरोनाका कारण बाँके र सुर्खेतमा थप २ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका–१ कैलालीका ६० वर्षीय पुरुषको गएराति निधन भएको हो

नेपालमा थप २,५०८ जनामा संक्रमण, १७ जनाको मृत्यु

काठमाडौं, कात्तिक १५ । नेपालमा पछिल्लो २४ घन्टामा नौ हजार २७९ जनामा भएको ‘पीसीआर’ परीक्षणमा दुई हजार ५०८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयलले शनिबार प्रकाशन गरेको विवरणअनुसार

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

पोखरा, कात्तिक १५ । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका–९ की ६२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । यही कात्तिक

उदयपुरमा कोरोनाका कारण थप एकजनाको मृत्यु

उदयपुर, कात्तिक १५ । उदयपुरमा कोरोनाभाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका-७, बेलटार बस्ने ४० वर्षीया महिलाको संक्रमणका कारण मृत्यु भएको हो । उहाँको शनिबार बिहान

कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको कब्रस्तान ‘सिल’

काठमाडौं, कात्तिक १४ । कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी उपनगरपालिका वडा नम्बर-१ स्थित कब्रस्तान ‘सिल’ गरिएको छ । धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर-१ का वडाध्यक्ष सन्तोष

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाको मृत्यु

मध्यपुरथिमि, कात्तिक १४ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सिन्धुपाल्चोक, कात्तिक १४ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आलमपुरस्थित सडकमा बा.६० प २६०२ नम्बरको मोटरसाइकल शुक्रबार बिहानै अनियन्त्रित भई सडकबाट करिब

उपत्यकामा १८८८ सहित ३५१७ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो

काठमाडौं, कात्तिक १४ । पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो