Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन सरकारको नेता हुनुस् : अध्यक्ष ओली

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिनुभएको हो ।

प्रतिगामी शक्तिलाई स्थापित गर्न राजनीतिक नेतृत्वलाई नकारात्मक देखाइयो : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले राजनीतिक दलहरुलाई एक्लै नहिड्न पनि सुझाव दिनुभयो । नेपाली कांग्रेसप्रति लक्षित गर्दै उहाँले एक्लै हिड्न खोज्ने अहंकार र घमण्ड नगर्न पनि आग्रह गर्नुभयो ।

राजाले पनि एउटा पार्टी खोले हुन्छ : माधव नेपाल

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष नेपालले पार्टी खोलेर राजनीतिकमा आउन सुझाव दिनुभयो ।

संविधान संशोधन र नागरिकताको मुद्दा छिटो समाधान होस् : अध्यक्ष यादव

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष यादवले संविधानप्रति मधेशी जनता असन्तुष्ट रहेको बताउँदै संविधान संशोधनको मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो ।

कांग्रेसबाट हामी र सम्पूर्ण देशलाई ठूलो आशा छ : महन्थ ठाकुर

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ठाकुरले कांग्रेसबाट देश र अन्य राजनीतिक दलहरुले ठूलो आशा राखेको बताउनुभयो ।

गाउँमा आजकल को नेता आएछ होइन, कुन चाहिँ चोर आएछ भन्छन् : राजेन्द्र लिङ्देन

‘गाउँमा कुनै कार्यक्रममा राजनीतिक दलका नेता जाँदै छन् भने कुन नेता आएछ होइन कुन चाहिँ चोर आएछ भन्छन्,’ उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वमा व्यापक खराबी छ, सुध्रनुको विकल्प छैन ।’

देशमा हरेक आन्दोलनपछि बाह्य हस्तक्षेप बढ्यो : सीपी मैनाली

देशमा भएको बाह्य हस्तक्षेपका कारण देशमा समस्या उत्पन्न भएको बताउँदै मैनालीले दुई देशबीचको द्वन्द्वले नेपालजस्तो साना देश प्रत्यक्ष मारमा पर्ने तर्क गर्नुभयो ।

आपसी सम्वादको माध्यमले नेपाल र भारतबीचको विवाद समाधान गर्नुपर्छ : नेता वास्निक

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सन्देश दिन भारतबाट आउनुभएका वास्निकले दुई देशबीच रहेका समस्याहरुको विषयमा वार्ता र सम्वादमार्फत समाधान गर्नुपर्ने बताउनुभयो ।

यति धेरै पूर्व प्रधानमन्त्री एउटै मञ्चमा मैले आजसम्म देखेको थिइन : भाजपा नेता हर्ष वर्धन

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सम्बोधन गर्दै नेता हर्ष वर्धनले आफूले आजको जस्तो कार्यक्रम आफ्नो राजनीतिक इतिहासमा अहिलेसम्म नदेखेको बताउनुभयो ।

कांग्रेसले ल्यायाे ओली, दाहाल र नेपाललाई एउटै मञ्चमा

यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरुलाई पनि आमुन्ने सामुन्ने बसाएको हो  ।