काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साख जाेगाउन सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ । त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा आज शुक्रबार प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति देउवाले विश्वविद्यालयका समस्त प्राज्ञिक वर्ग, पदाधिकारी, कर्मचारी तथा विद्यार्थीहरूलाई उहाँहरूले विश्वविद्यालयको विकास, विस्तार र स्तरोउन्नतिमा निर्वाह गरेको भूमिकाका लागि आभार व्यक्त गर्नुभयो । विश्वविद्यालयका…