८ असार २०८१, शनिबार | Sat Jun 22 2024


५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै


39
Shares

काठमाडौं । आज बिहीबार ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले सन् १९६७ देखि हरेक वर्ष ८ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो ।

यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ अर्थात ‘सिकाइको क्षेत्रमा रुपान्तरण’ भन्ने नारा तय गरेको छ ।

दिवसका अवसरमा शुभकामना व्यक्त गरी प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताउनुभएको छ । साक्षर नेपाल अभियानलाई प्रभावकारी बनाउन र सबै जिल्लालाई जतिसक्दो छिटो साक्षर घोषणा गर्न सबैको सहकार्य, सहयोग समन्वयात्मक प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।

दिवसका अवसरमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन सार्वजनिक गर्दैछ ।

साक्षर नेपाल कार्यक्रम अन्तर्गत अहिलेसम्म ६१ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १६ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी रहेका छन् ।