१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


बर्दियामा अत्यधिक गर्मी, गुलरियाका विद्यालयमा पाँच दिन बिदा

बर्दिया । अत्यधिक गर्मी र तातो हावा (लू) चलेपछि बर्दियाको गुलरिया नगरपालिकाका विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको छ । अत्यधिक गर्मीले विद्यार्थी बिरामी पर्न थालेपछि मंगलबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो । वर्षे र हिउँदे बिदामा मिलान हुने गरी गुलरिया नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गरेको शिक्षा शाखा प्रमुख सतिश यादवले बताउनुभयो ।…