काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा तथा पदस्थापन गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले शनिबार निर्णय गर्दै उनीहरूको सरुवा गरेको जानकारी दिएको हो। यससँगै हालै बढुवा भएका १० जना एसएसपीको समेत पदस्थापन गरिएको छ। निर्णयअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी…