काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके –२०२० को उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डले साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल हुनुभएकोमा उहाँको योगदानप्रति…