बागलुङ, फागुन ८ । मालढुङ्गा बागलुङको प्रवेशद्वार हो । जहाँबाट दैनिक हजारौँ मानिस सदरमुकाम भित्रिने र बाहिरिने गर्दछन् । कालीगण्डकी नदी पार गरेर बागलुङ प्रवेश गर्नासाथ प्रवेशद्वार र त्यस वरपरका भित्ताहरु अव्यवस्थितक रुपमा व्यावसायिक तथा विभिन्न प्रचारात्मक किसिमका होडिङ बोर्डहरुले भरिएका छन् । अस्तव्यस्त रुपमा टाँगिएका होडिङ बोर्डले प्रवेशद्वार नै कुरुप बन्न पुगेको छ ।…