सोलुखुम्बु । पर्यटन विकास र प्रचारका लागि सोलुखुम्बुको महाकुलुङ गाउँपालिकको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । सगरमाथा आरोही पासाङओङ्छु शेर्पाले सगरमाथाको चुचुरोमा पाइला टेक्दै महाकुलुङ गाउँपालिकको प्रतिक लोगो सगरमाथामा फहराउनुभएको हो । अन्तर्राष्ट्रिय माउन्टेन गाइड शेर्पाले यस सिजनमा महाकुलुङ गाउँपालिकाको लोगो अङ्कित झण्डा पहिलो पटक सगरमाथाको शिखरमा पुर्याउनुभएको हो । महाकुलुङ गाउँपालिका कार्यालयको…