काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको छ । आज हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको हो । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको पर्व हरितालिका तिजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा,आराधना गर्नुभयो । दर्शनका लागि पशुपतिनाथ पुग्नुभएकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।…