भक्तपुर । भक्तपुरमा आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा सोमबारबाट सुरु हुँदैछ । सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिन्छ । काठमाडौं उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्काः जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथ…