काठमाडौं । जैन धर्मका प्रवर्तक महावीरको २६ सय २३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । जन्मजयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मावलम्बी सबैलाई शुभकामना दिँदै महावीरले मार्गदर्शन गरेको जनकल्याणको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति पौडेलले जनकल्याणका लागि महावीरले गरेको मार्गदर्शनलाई पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न…