एजेन्सी । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र हुलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणमा छ । भूकम्पपछि अहिले त्यहाँ साना ठूला परकम्पहरु आइरहेको जनाइएको छ । भूकम्पपछि ताइपेका केही ठाउँहरुमा विद्युत आपूर्ति बन्द भएको…