काठमाडौं । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । चेन्नईको मरिना तटमा उनको अन्त्येष्टि गरिएको हो । मंगलबार साँझ चेन्नई अस्पतालमा करुणानिधिको निधन भएको थियो । करुणानिधिको पार्थिव शरीर उनका मार्गदर्शक तथा डीएमकेका संस्थापक सीएन अन्नादुरैको समाधि नजिकै राजकीय सम्मानका साथ समाधिस्थ गरिएको हो…