काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ हजार ८८७ पुगेको छ । पछिल्लो प्रकोप सुरु भएयता सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सार्वजनिक गरिएको राष्ट्रिय स्वास्थ्य अधिकारीहरूको प्रतिवेदनअनुसार अक्टोबर २५ सम्म कङ्गोमा इबोलाका १० हजार ६० जना सङ्क्रमित पुष्टि भएका छन् ।…