काठमाडौं, कात्तिक १८ । काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७ तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले एकीकृत कार्ययोजना तयार गरी मंगलबार गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो । उपत्यकाको सवारी जाम कम गर्न तत्काल सडक विस्तार गर्नुपर्ने, फराकिलो बनाउनुपर्ने,…