काठमाडौं, असार २० । काठमाडौंको इनबहालमा आयोजित खुला रक्तदान कार्यक्रममा शनिबार ५० भन्दा बढीले रक्तदान गरेका छन् । रगत अभावबाट अकालमै मृत्यवरण गर्न नपरोस् भन्ने उद्देश्यले कमलाक्षी युवा समूहले रक्तदान कार्यक्रम आयोजना गरेको हो । यसअघि, ९७औंपटक रक्तदान कार्यक्रम सम्पन्न गरेको समूहमा हालसम्म आठ हजारको हाराहारीमा रक्तदाताहरुले रक्तदान गरिसकेको समूहका संयोजक केशव श्रेष्ठले बताउनुभयो ।…