काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गर्नु भएको छ । श्रमिक दिवसका अबसरमा शुभकामना दिंदै उहांँले दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीविलाई एकताका सुत्रमा बाँध्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने…