Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


त्रिभुवन विमानस्थलमा हवाई उडान अवरूद्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ। रन-वेको बत्तीमा समस्या भएपछि हवाई उडान अवरुद्ध भएको हो। काठमाडौं विमानस्थल स्रोतले अहिले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जनाएकाे छ। अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको र आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएकाे स्रोतले बताएकाे हाे ।