काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका पौने दश बजे साउदी अरबको दम्मामस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा हुनेछ । एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै काठमाडौंको दशरथ रंगशालालाई खेल गराउन अयोग्य जनाएपछि तटस्थ…