काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले कलाकारहरुलाई पक्राउ गरेको छ । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मरिचमान श्रेष्ठ¬ (बल्छी ध्रुवे) र राजु पौडेल (राजु मास्टर) लगायतलाई पक्राउ गरेको हो । उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुसँगै अरु कलाकारहरु पनि पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ…