काठमाडौं । सर्वत्र आर्थिक कारोबार चौपट भइरहेका बेला ढुंगाको कलाकृति व्यवसाय भने सानदारसँग फस्टाइरहेको छ । पर्यटकीय क्षेत्रदेखि व्यक्तिका घर सजाउन, कलाकौशलको सम्मानदेखि सांस्कृतिक मोहले समेत मानिस ढुंगाको कलामा सम्मोहित भएका छन् । एउटै व्यवसायीले १० लाखमाथिको व्यापार गरिरहेका छन् । २५ वर्षदेखि मंगलबजारमा ढुंगाको मुर्ति व्यापार गर्दै आउनुभएका ज्ञानेन्द्र कार्की आफैं सिद्धहस्त कालिगढ हुनुहुन्छ…