काठमाडौं । चितवनमा बाघ संरक्षण तथा बाघको आक्रमणबाट बच्ने उपायको बारेमा सडक नाटक प्रदर्शन गर्न थालिएको छ । बाघ आक्रमणबाट मानिसको मृत्यु हुने क्रम बढेपछि बाघ संरक्षण र बाघबाट जोगिने विषयमा जनचेतना जगाउने कार्यक्रम सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिले नाटकका लागि एक हप्ताको तालिम प्रदान गरेको छ ।…