काठमाडौं । नारायणी नदीमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेज क्षेत्रमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजले जनाएको छ । गण्डक ब्यारेजमा ३ लाख क्युसेकसम्म पानीको प्रवाहलाई खतराको सूचक मानिने भए पनि…