Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


शान्ति सेनामा कङ्गोमा तैनाथ राईको निधन

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ । खोटाङको फक्टाङ्ग गाउँपालिका-८ घर भएका प्युठ राई ट्याक्टिकल अपरेशन बेस जिनामा कार्यरत रहँदा बिरामी हुनुभएको थियो । उहाँको बुनियास्थित अस्पतालमा उपचारका क्रममा निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।…