काठमाडौं । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकबाट कस्तुरीको बिनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर तुमविया गाउँपालिका–५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । चाबहिलमा बा ८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको अवस्थामा फेला पारेपछि प्रहरीले लिम्बुलाई पक्राउ गरेको…