नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक प्रसाद राई « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक प्रसाद राई


195
Shares

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेक प्रसाद राईलाई दिइएको छ ।

यस अघिका प्रहरी प्रवक्ता रहनु भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार के.सी.को सरुवा भएपछि राईलाई जिम्मेवारी दिइएको हो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार डीआईजी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।

गृह मन्त्रालयले बुधबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत के.सी.लाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरेको थियो ।