१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


सार्वजनिक यातायातको समस्या समाधान गर्न प्राधिकरण गठन गर्नुपर्छ : अध्यक्ष स्वाँर

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नुपर्ने बताउनुभएको छ । बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष स्वाँरले महासंघको नयाँ नेतृत्वले सरकारलाई यातायात प्राधिकरण गठनमा प्राथमिकता दिएर भेन्टिलेटरमा रहेको यातायात क्षेत्रलाई पुनः जागृत बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो…