काठमाडौं । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो परेको चट्याङ लागेर गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो । वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदले जनाएको…