काठमाडौं । विज्ञापन बोर्डले सबै किसिमका सञ्चारमाध्यमहरुलाई मदिराजन्य पदार्थका विज्ञापन तत्काल हटाउन आग्रह गरेको छ । बोर्डले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्न नगराउन आग्रह गरेकाे हो । प्रवक्ता एवम् प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले सर्वोच्च अदालतले गत फागुन ११ गते नै कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन…