काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले जनतालाई स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभएको छ । जनमत पार्टी नेपालगञ्ज उपमहानगर कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री खानले नागरिकले स्वच्छ खानेपानी पिउन पाउने अधिकार संविधानमै व्यवस्था भएकाले यसतर्फ सचेत हुँदै मन्त्रालयले अनवरतरूपमा काम गरिरहेको दाबी गर्नुभयो । “स्वच्छ पानी पिउन पाउनु…