काठमाडौं । प्रदेश नम्बर २ सरकारले आर्थिक वर्ष २०७७/०७८ मा कुल बजेटको ६५ प्रतिशत रकम खर्च गरेको छ । गत आर्थिक वर्षमा विनियोजन गरीएको ३४ अर्ब ७० करोड ४३ लाख बजेटमध्ये सरकारले २२ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ खर्च गरेको हो । प्रदेश सरकारले पूँजीगततर्फ १४ अर्ब २ करोड ६१ लाख खर्च गर्न सकेको…