प्रकाश मैनाली सर्लाही । सर्लाहीको बागमतीमा रहेको एक अस्पतालले बिरामीलाई पाँच महिनाअघि नै म्याद गुज्रिएको औषधि बिक्री गरेको पाइएको छ । बागमती नगरपालिका–१२, वीर गोर्खाली चौकमा रहेको बागमती मोडेल हस्पिटलले मोटरसाइकल दुर्घटनामा परेर उपचार गर्न पुगेका बिरामीलाई अङ्ग्रेजी महिना गत मार्चमै म्याद सकिएको औषधि बिक्री गरेको भेटिएको हो । हरिवन नगरपालिका–३, सासापुर घरभई हाल बागमती…