सर्लाहीको वयलवास क्षेत्रमा आज पनि कर्फ्यू « Imagekhabar – Online News Portal of Nepal
२२ श्रावण २०७९, आईतवार | Mon Aug 8 2022


सर्लाहीको वयलवास क्षेत्रमा आज पनि कर्फ्यू

प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका महतोको अन्तिम संस्कारपछि मात्रै कर्फ्यू खोलिने

273
Shares

सर्लाही । सर्लाहीको बयलवासमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । सर्लाहीको इश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भएपनि जिल्ला प्रसासन कार्यालय सर्लाहीले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो ।

प्रदर्शन हुन सक्ने आशंकामा प्रशासनले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको हो । मृतकको शव परिवारले दाहसंस्कार गरेपछि मात्रै निषेधाज्ञा (कर्फ्यू) खोलिने बताइएको छ । हिजो साँझ साढे ७ बजेदेखि लागू गरिएको निषेधाज्ञा आज साँझसम्म जारी गरिएको जिल्ला प्रसासन कार्यालय सर्लाहीले जनाएको छ ।