सिराहामा सीके राउतका कार्यकर्ताबाट बन्द अवज्ञा गरेको भन्दै सवारी साधनहरुको ब्यापक तोडफोड « Image Khabar


सिराहामा सीके राउतका कार्यकर्ताबाट बन्द अवज्ञा गरेको भन्दै सवारी साधनहरुको ब्यापक तोडफोड

लाठी बोकेका बन्दकर्ता र प्रहरीबीच झडप, राजमार्ग बन्द

676
Shares

काठमाडौं । आमहड्तालको अवज्ञा गरेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सिराहामा सवारी साधनहरुको ब्यापक तोडफोड गरेका छन् । किसानलाई पक्राउ गरेको विरोधमा घोषणा गरिएको हड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताले गोलबजार र मिर्चैयामा दर्जनौं गाडी तोडफोड गरेका हुन् ।

गाडीहरू तोडफोड हुन थालेपछि नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडप समेत भएको छ । बन्दकर्तालाई तितरवितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।

जनमत पार्टीका कार्यकर्ता लाठी बोकेर सडकमा उत्रेपछि पूर्व–पश्चिम राजमार्गमा सवारी चल्न सकेका छैनन । बिहान केहिबेर गाडी चले पनि अहिले पूर्णरुपमा ठप्प भएको छ । आमहड्तालका कारण अत्यावश्यक बाहेक शैक्षिक संस्था, बजार, उद्योग, कलकारखाना पनि ठप्प छ ।

औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो ।