बारा । मधेश प्रदेशका जनप्रतिनिधिहरूले पाँच वर्षमा मुख्यमन्त्री लालबाबु राउतले स्टन्टबाजी र चर्चामा बिताएको आरोप लगाएका छन् । प्रदेशका विभिन्न स्थानमा मुख्यमन्त्रीद्वारा गरिएका घोषणा र शिलान्यास गरिएका योजनाहरूले पूर्णता पाउन नसकेको भन्दै उनीहरूले चर्चा बटुल्ने मात्र काम भएको आरोप लगाएका हुन् । तीन वर्षअघि पथलैयामा प्रादेशिक ट्रमा अस्पताल बनाउने घोषणा र कलैया उपमहानगर–१६ मा प्रादेशिक…