बारा । बाराको सिमरा रंगशाला मर्मत नहुँदा जीर्ण हुँदै गएको छ । मधेस प्रदेशमै उत्कृष्ट बनाउने भनिएपनि रंगशालाको भौतिक प्रगति अझै हुन सकेको छैन । रंगशालामा करिब २ हजार दर्शक अट्ने गरी प्याराफिट निर्माण गरिएपनि अन्य भौतिक कार्य शून्य जस्तै रहेको छ । खेल मैदान, बिजुलीका पोल, वरिपरीको बार तथा शौचालय भद्रगोल अवस्थामा रहेको छ…