जनकपुरधाम । जनकपुरधामका शक्तिपीठहरुमा पनि फूलपाती भित्र्याइएको छ । राजदेवी मन्दिरलगायत जनकपुरधामस्थित दर्जनौं शक्तिपीठहरुका पूजा घरमा विधिपूर्वक फूलपाती भित्र्याइएको हाे । राजदेवी मन्दिरका लागि मारवाडी सेवा समितिबाट राममन्दिरका पूजारी बाबा रामगिरी, नेपाली सेनाको टोली, विभिन्न संघ संस्थाका प्रतिनिधि फूलपाती लिन गुरुजुको पल्टनसहितको लावालस्करले फूलपाती भित्र्याएको हो । अस्टमीका दिन बिहान महिलाले परिवारमा सुख, शान्ति र…