काठमाडौं । प्रदेश–१ प्रदेशसभाको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा नियमावली २०७४ को नियम १ सय ८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेश गर्नुभएको थियो । बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको थियो…