संखुवासभा । संखुवासभाको माने भज्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याल्ली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । कात्तिक १ देखि ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका ८ क्लबको प्रतिस्पर्धा हुने आयोजकले जनाएको हाे । आज शुक्रबार खाँदबारीमा पत्रकार सम्मेलन गरी आयोजक एडभान्स क्लब माने भज्याका अध्यक्ष ईश्वर घिमिरेले पूर्वी पहाडी जिल्लाको…