इलाम । मेची राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको झापा इलाम जोड्ने सडकमा रहेको लोदिया खोलामा पुल निर्माणकाे काम सम्पन्न भएको छ । पश्चिमी इलामका वासीन्दाको यात्राका लागि तगारो बनेको लोदिया खोलामा पुल बनेसँगै यात्रा गर्न सहज भएको हो । माई नगरपालिका-३ मा रहेको लोदिया खोलाको पुल निर्माणको काम कोरोना माहामारीका कारण पनि ढिलाई भएको थियो…