तेह्रथुमकाे सुदापमा २ सय ९२ विद्यार्थीलाई स्वीटर वितरण « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


तेह्रथुमकाे सुदापमा २ सय ९२ विद्यार्थीलाई स्वीटर वितरण


910
Shares

तेह्रथुम । चिसाे समयमा आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा किन्न मुस्किल हुन्छ ।

एक सरो कपडाकाे भरमा चिसाे छल्दै विद्यालयमा अध्ययन गर्न जानुपर्ने बाध्य विद्यार्थीहरूमा छ । चिसाेका कारण विद्यार्थीहरु विद्यालय जान समेत समस्या भएकाे छ । यस्ता यावत समस्याहरू भोग्दै आएका विद्यार्थीलाई तेह्रथुमकाे छथर गाउँपालिका-६ काे सुदापले न्यानो स्वीटर वितरण गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० बाट बालबालिका शीर्षकबाट विनियोजन भएको रकमले विद्यार्थीहरूलाई स्वीटर वितरण गरिएको हो । साेही गाउँपालिकामा रहेका ६ वटा विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरिएको हो । चिसाे मौसमको सिजनमा सबैको न्यानो कपडा नभएकाे समयमा स्वीटर वितरणले विपन्न विद्यार्थीलाई राहत मिलेको अभिभावक दिपक बागदासको भनाइ छ।

वडामा रहेका आधारभूत विद्यालयमा जनप्रतिनिधिहरु पुगरे वितरण गर्दै आएको वडा कार्यालयले जनाएको छ । स्वीटर प्रदान गरेसँगै वडामा रहेका विद्यालयहरुको वडाध्यक्षले निरीक्षण गर्दै आउनु भएको छ । चिसाेमा न्यानो लुगा किन्न नसक्ने विद्यार्थीहरुको प्रभावकारी कार्यालय भएको जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर खुलालले बताउनुभयो।

वडामा रहेका विद्यालयमा पहिलो पटक विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो । वडाले बालबालिका शीर्षकबाट १ लाख ५० हजार विनियोजन गरी विद्यार्थीहरुलाई स्वीटर प्रदान गरिएको वडाध्यक्ष महेन्द्र मादेनले बताउनुभयो । ६ वटा विद्यालयका २ सय ९२ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको उहाँले बताउनुभयाे ।